बाजुरामा भुकम्पको दुई धक्का

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, ०७ : १७
बाजुरामा भुकम्पको दुई धक्का

कैलाली । बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो ।

मापन केन्द्रमा रेकर्ड भए अनुसार अघिल्लो भन्दा पछिल्लो भुकम्प शक्तिशाली रहेको थियो । जसअनुसार गए राती ११ः५८ बजे गएको भुकम्प ४.९ म्याग्निच्यूडको थियो भने १ः३० बजे गएको भुकम्प अघिल्लो भन्दा बढी शक्तिशाली थियो । पछिल्लो भुकम्प ५‍.९ म्याग्निच्यूड रहेको रेकर्ड हुन पुगेको जनाइएकाे छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भने सो भूकम्पले क्षति गरे नगरेको बिहानसम्म कुनै जानकारी नआएको बताएका छन् । यद्धपी, सो भुकम्पवाट हुन सक्ने क्षति र त्यसका विवरण संकलनका लागि भने सुरक्षाकर्मीसहित बिपद ब्यवस्थापन टोली परिचालन भने गरिएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस