खराब ब्याटिङ कारण नेपाल १५७ रनमै अलआउट

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, १२ : ४१
खराब ब्याटिङ कारण नेपाल १५७ रनमै अलआउट

काठमाडौं। कतारविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ । एसीसी प्रिमियर कप क्रिकेटमा कतारविरुद्ध नेपाल खराब ब्याटिङ कारण १५७ रनमै अलआउट भएको छ ।त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाललाई कतारले १५७ रनमै अलआउट गरेको हो ।लगातार विकेट गुमाएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाउँन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस