एसिसी प्रिमियर कप :आज नेपाल कतारसँग भिडदै

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, ०६ : ५५
एसिसी प्रिमियर कप :आज नेपाल कतारसँग भिडदै

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। 

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतार बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ।  

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। 

यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अंक बाडेको थियो । जससँगै नेपाल सेमीफाइनलमा गएको थियो ।

प्रतिक्रिया दिनुहोस