काठमाडौं । संसदीय सुनुवाइ समितिका लागि राष्ट्रियसभाबाट तीन जना सांसद मनोनीत भएका छन्। राष्ट्रियसभाको आजको बैठकले सांसदहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजङ्ग रायमाझीलाई उक्त समितिमा मनोनीत गर्ने सहमति दिएको हो ।
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ को उपनियम २ बमोजिम संसदीय सुनुवाइ समितिमा उनीहरूलाई मनोनीत गर्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिफारिस गरेका थिए। अध्यक्ष तिमिल्सिनाले गर्नुभएको मनोनयन सिफारिस प्रस्तावलाई राष्ट्रियसभाले सहमति दिएको हो ।
प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदमा नियुक्तिका लागि प्रस्ताव गरिएका नाममा सुनुवाइका लागि संसदीय समिति रहने व्यवस्था छ ।
समितिमा प्रतिनिधिसभाको सहमति लिई सभामुखले मनोनीत गरेका प्रतिनिधिसभाका १२ जना र राष्ट्रियसभाको सहमति लिई अध्यक्षले मनोनीत गरेका राष्ट्रियसभाका तीन जना गरी कूल १५ जना सदस्य रहने व्यवस्था छ । समितिको सभापति सदस्यमध्येबाट एक जना चयन हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी
राष्ट्रियसभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान