काठमाडौं। संसदीय सुनुवाइ समितिमा रहने १५ मध्ये ३ जनाको नाम टुंगो लागेको छ । राष्ट्रिय सभाकातर्फवाट संसदीय सुनवाई समितिमा जाने ३ जना सदस्यको नाम टुंगो लागेको हो । राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको नामलाई सभाले अनुमोदनसमेत गरिसकेको छ ।
जसअनुसार नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा सुनुवाइ समितिमा सिफारिस भएका छन् ।प्रतिनिधिसभातर्फवाट जाने सदस्य भने बाँकी रहेका छन । प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा सदस्य मनोनयनको अजेन्डा राखे पनि प्रमुख तीन दलले नाम नदिदा आज सो समितिमा मनोनयन हुन नसकेको जनाईएको छ । सुनवाई समिति संघीय संसदको संयुक्त समिति हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभाको बैठक आज बस्दै
राष्ट्रियसभा बैठक आज, पाँच कार्यसूचीमा छलफल
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची