शिक्षा क्षेत्रका समस्याबारे सरकारलाई अभिभावक संघको ध्यानाकर्षण

सफल खबर संवाददाता

बुधबार, १३ बैशाख २०८०, १४ : ३८
शिक्षा क्षेत्रका समस्याबारे सरकारलाई अभिभावक संघको ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्रिय अभिभावक संघले शिक्षा क्षेत्रका विद्यमान समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । संघको छैठौं राष्ट्रिय अधिवेशनले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको हो । अधिवेशनबाट विजभिन्न १३ वटा विषयहरू पारित गरेको छ । संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्नेदेखि लिएर विश्वविद्यालयको शिक्षालाई कार्यतालिका अनुसार नियमित र परिणाममुखी बनाउन सम्मका माघ राखिएको छ ।

वैशाख २ गते काठमाडौंमा सम्पन्न अधिवेशनले अध्यक्षमा कोषबहादुर जिसीलाई निर्वाचित गरेको थियो । अधिवेशनपछि बसेको कार्यसमिति बैठकले सरोकारवालाहरूको ध्यानार्कषण गराउने निर्णय गरेको थियो । बैठकले अधिवेशनबाट पारित गरिएका समसामयिक प्रस्तावहरूलाई कार्यान्वयनका लागि सबैमा अपिल गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस