काठमाडौं। राष्ट्रिय सभा बैठक १४ मिनेटका लागि स्थगित गरिएको छ ।अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल भइरहँदा अर्थमन्त्री डा प्रकाशशरण महत उपस्थित नभएपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएसँगै बैठक १४ मिनेटका लागि स्थगित गरिएको हो ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक अर्थमन्त्री केही समयमा आउने र छलफलमा उठेका विषय टिपोट भइरहेको जानकारी गराउँदा पनि एमाले सांसदहरुले उठेर विरोध जनाए । यसपछि अध्यक्ष तिमिल्सिनाले आजै बस्ने गरी १४ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाका सांसद पुगेपछि…
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
यस्तो छ सोमबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची