चितवन । भन्सार छलेर ल्याएको १६ लाख मूल्य बराबरको चिनी बोकेको ट्रकसहित एक जना पक्राउ परेका छन् ।
पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटवाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार भन्सार छली गरी भारतवाट आउँदै गरेको ना ६ ख २९०३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिईएको छ ।
नियन्त्रण लिईएको ट्रकवाट बरामद भएको चिनीको मूल्य करिब १६ लाख रुपैयाँ देखिएको छ ।
उक्त ट्रकमा रहेका ४२० बोरामा २१ टन अर्थात २१ हजार केजी चिनी रहेको र सो बरामद चिनी थप कारबाहीका लागि पश्चिम नवलपरासी प्रहरीले आन्तरिक राजस्व कार्यालय ,बुटवलमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
भन्सार दरको तह घटाइयो, ११ तहको भन्सार दर ७ तहमा सीमित
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
एमआरपी विवादले वीरगञ्ज भन्सार जाँचपास प्रभावित, व्यवसायीको असहयोग
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन