काठमाडौँ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै प्रदेश प्रमुखले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
त्यसका लागि दलहरुले आफ्नो पक्षमा बहुमत देखाएर बिहीबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि नयाँ सरकार गठनका लागि १६८(२) अनुसार कि (३) अनुसार आह्वान गर्ने भन्नेमा अलमल हुँदै आएकामा प्रदेश प्रमुखले ७ कारण अघि सार्दै १६८ (२) अनुसार नै आह्वान गरेका हुन् ।
लुम्बिनीमा केन्द्रीय सत्ता गठबन्धनअनुसार नै प्रदेशमा नयाँ सरकार बनाउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने