काठमाडौँ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै प्रदेश प्रमुखले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
त्यसका लागि दलहरुले आफ्नो पक्षमा बहुमत देखाएर बिहीबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि नयाँ सरकार गठनका लागि १६८(२) अनुसार कि (३) अनुसार आह्वान गर्ने भन्नेमा अलमल हुँदै आएकामा प्रदेश प्रमुखले ७ कारण अघि सार्दै १६८ (२) अनुसार नै आह्वान गरेका हुन् ।
लुम्बिनीमा केन्द्रीय सत्ता गठबन्धनअनुसार नै प्रदेशमा नयाँ सरकार बनाउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने