सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १९ : २९
सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको नियमावली संशोधन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको भौतिक मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । 

त्यस्तै बैठकले काठमाडौँ–तराई मधेस फास्ट ट्रयाकअन्तर्गतको जग्गा प्राप्तिको विषय चाँडै टुंग्याउने निर्णय गरेको छ । त्यस्तै कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको मन्त्री ज्वालाले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस