रुपन्देही । गण्डकी प्रदेशमा संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको आह्वान भएसँगै लुम्बिनीमा पनि सोहीअनुसार आजै सरकार गठनको आह्वान गर्ने तयारी भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नै बजेट निर्माणको समय आइसकेकाले सकेसम्म छिटै सरकार बनाउने गरी अगाडि बढ्ने संकेत गरेका थिए । सोमबार नै एमालेले धारा ३ र विपक्षी ८ दलले २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि शेरचनले महान्यायाधिवक्ता कार्यालयमा लिखित राय मागेका थिए ।
प्रदेश प्रमुख कार्यालय स्रोतले मंगलबार नै धारा २ अनुसार सरकार गठनको आह्वान हुन सक्नेगरी तयारी भएको जनाएको छ ।‘ठ्याक्कै निर्णय भएको त छैन । तर, सबैको रायअनुसार धारा २ अनुसार सकेसम्म मंगलबार नै सरकार गठनको आह्वान हुनसक्छ । छिटै सरकार बनाउने गरी समय तोकिनसक्छ । प्रदेश प्रमुखले बजेट निर्माणको समय भएकाले छिटो समय मिलाउने गरी तयारी गर्नुभएको छ’, स्रोतले भन्यो ।
धारा २ वा ३ प्रयोग गर्ने विषयमा अन्योलमा परिरहेका बेला गण्डकीमा धारा २ प्रयोग भएपछि लुम्बिनीका प्रदेश प्रमुखलाई सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ