रुपन्देही । गण्डकी प्रदेशमा संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको आह्वान भएसँगै लुम्बिनीमा पनि सोहीअनुसार आजै सरकार गठनको आह्वान गर्ने तयारी भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नै बजेट निर्माणको समय आइसकेकाले सकेसम्म छिटै सरकार बनाउने गरी अगाडि बढ्ने संकेत गरेका थिए । सोमबार नै एमालेले धारा ३ र विपक्षी ८ दलले २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि शेरचनले महान्यायाधिवक्ता कार्यालयमा लिखित राय मागेका थिए ।
प्रदेश प्रमुख कार्यालय स्रोतले मंगलबार नै धारा २ अनुसार सरकार गठनको आह्वान हुन सक्नेगरी तयारी भएको जनाएको छ ।‘ठ्याक्कै निर्णय भएको त छैन । तर, सबैको रायअनुसार धारा २ अनुसार सकेसम्म मंगलबार नै सरकार गठनको आह्वान हुनसक्छ । छिटै सरकार बनाउने गरी समय तोकिनसक्छ । प्रदेश प्रमुखले बजेट निर्माणको समय भएकाले छिटो समय मिलाउने गरी तयारी गर्नुभएको छ’, स्रोतले भन्यो ।
धारा २ वा ३ प्रयोग गर्ने विषयमा अन्योलमा परिरहेका बेला गण्डकीमा धारा २ प्रयोग भएपछि लुम्बिनीका प्रदेश प्रमुखलाई सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने