चितवन -२ : मतगणना नसकिँदै जीतनारायणले गरे हार स्वीकार

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, ०९ : २५
चितवन -२ : मतगणना नसकिँदै जीतनारायणले गरे हार स्वीकार

काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेसँग प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले हार स्वीकार गरेका छन् । 

करिव २० हजार मतगणना बाँकी रहँदै मतान्तरले रविले जित सुनिश्चित गरिसकेपछि श्रेष्ठले सामाजिक संजालमार्फत हार स्वीकारगरेका हुन् । 

उनले आफूलाई मतदान गर्ने मतदाता र घरदैलोमा साथ दिने सबैलाई धन्यवाद दिँदै आफू त्यही क्षेत्रका जनताको सुखदुःखमा सक्रिय रहने बताएका छन् । 

“निर्वाचनमा पराजित भए पनि यही माटोको लागि केही गर्नुपर्छ भन्ने बाल्यकाल देखिकै मेरो सोच र संकल्पका कारण यहाँहरुको सुुखदुःखमा विगतमाभन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,” श्रेष्ठले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस