चितवन-२ मतगणना : रविलाई कारवाही नगरेसम्म मत गन्न नदिने अडान

सफल खबर संवाददाता

सोमबार, ११ बैशाख २०८०, ११ : २०
चितवन-२ मतगणना : रविलाई कारवाही नगरेसम्म मत गन्न नदिने अडान

चितवन । चितवन–२ मा मतगणनाका लागि सुरु भएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुबीच चर्काचर्की भएको छ ।

आईतबार सम्पन्न मतदानपछि मतगणनाका लागि सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेस–एमालेले रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै उनीमाथि परेको उजुरीको कारवाही नभएसम्म मतगण्नामा सहमति नजुट्ने अडान राखेका छन् । 

‘हुलदंगा गर्नेगरी १० वटा गाडीमा कार्यकर्ता लगेको, मौन अवधिमा भोट मागेको, मतदान केन्द्रमा हुलहुज्जत र नारावाजी गर्दै मतदाता प्रभावित बनाउने काम गरेको पाइएको छ ।

यो विषयमा कारवाही नभएसम्म मतगणना सुरु हुँदैन, सहमति जुट्दैन’, एक उम्मेदवारले भने, ‘ हामी यो अडानबाट पछि हट्दैनौ ।’  चितवन २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र रामप्रसाद न्यौपाने उम्मेदवार छन् । 

बैठकमा एमाले कांग्रेसको अडानमा रास्वपा सभापति रवि लामिछाने भने रक्षात्मक रुपमा प्रस्तुत भएका छन् । लामिछानेले सहमति जुटाएर चाँडै मतगणना सुरु गर्नुपर्ने र परिणाम घोषणा गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस