चितवन । चितवन–२ मा मतगणनाका लागि सुरु भएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुबीच चर्काचर्की भएको छ ।
आईतबार सम्पन्न मतदानपछि मतगणनाका लागि सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेस–एमालेले रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै उनीमाथि परेको उजुरीको कारवाही नभएसम्म मतगण्नामा सहमति नजुट्ने अडान राखेका छन् ।
‘हुलदंगा गर्नेगरी १० वटा गाडीमा कार्यकर्ता लगेको, मौन अवधिमा भोट मागेको, मतदान केन्द्रमा हुलहुज्जत र नारावाजी गर्दै मतदाता प्रभावित बनाउने काम गरेको पाइएको छ ।
यो विषयमा कारवाही नभएसम्म मतगणना सुरु हुँदैन, सहमति जुट्दैन’, एक उम्मेदवारले भने, ‘ हामी यो अडानबाट पछि हट्दैनौ ।’ चितवन २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।
बैठकमा एमाले कांग्रेसको अडानमा रास्वपा सभापति रवि लामिछाने भने रक्षात्मक रुपमा प्रस्तुत भएका छन् । लामिछानेले सहमति जुटाएर चाँडै मतगणना सुरु गर्नुपर्ने र परिणाम घोषणा गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो समानुपातिकतर्फको मतगणना
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
समानुपातिक मतगणना : १ करोड २ लाख मत गणना: रास्वपा ५० लाख नजिक
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बाजुरामा मतगणना सुरु