वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुगिँदैन : झलनाथ खनाल

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, १६ : १३
वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुगिँदैन : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरूले वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुर्याउन नसक्ने टिप्पणी गरेका छन् । तत्कालीन नेकपा स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै खनालले कम्युनिस्टहरूले वर्ग शत्रु र वर्ग मित्र छुट्याएर सङ्घर्ष गर्नुपर्ने बताए ।‘अहिले भएका वर्गहरूमा कुनचाहिँ शत्रु हो ? कुनचाहिँ मित्र हो ? यसलाई छुट्याउन सकेनौँ भने कोसँग सङ्घर्ष गर्ने कहाँ जाने केही टुङ्गो हुँदैन’ खनालले भने। 

त्यसैले कम्युनिस्टले वर्ग शत्रु को हो भन्ने छर्लङ्ग छुट्याउनुपर्छ । हामीलाई मार्क्सवादले सिकाएको यहीँ हो । यदि हामीले यो छुट्याउन सकेनौँ शत्रुसँग साँठगाँठ वा एकता गर्न पुग्दा उँभो होइन उँधो लाग्छौँ ।’ कम्युनिस्टहरूले गलत विचार र दृष्टिकोण समयमै  चिन्न सक्नुपर्ने खनालले बताए । रुसको तत्कालीन सोभियत कम्युनिस्ट सत्ता गलत विचार र दृष्टिकोणले गर्दा ढलेको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस