कीर्तिपुरमा यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, १३ : ०६
कीर्तिपुरमा यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन बनाएको हो ।यो कीर्तिपुर मैदानमा ५० ओभरमा बनेको अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि यहि प्रतियोगितामा कुवेतसँगको खेलमा यूएईले ३७१ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस