एयर इन्डियाका पाइलटमाथि महिला साथीलाई ककपिटमा बसालेको आरोप

एजेन्सी

शनिबार, ०९ बैशाख २०८०, १० : २१
एयर इन्डियाका पाइलटमाथि महिला साथीलाई ककपिटमा बसालेको आरोप

एजेन्सी । एयर इन्डियाका एक पाइलटमाथि आफ्नी महिला साथीलाई विमानको ककपिटमा लगेको आरोप लागेको छ।

यस सम्बन्धमा भारतको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले यी आरोपहरूको छानबिन गरिरहेको जनाएको छ।

समाचार एजेन्सी पिटिआईले एक अधिकारीलाई उद्धृत गर्दै यो घटना २७ फेब्रुअरीको भएको उल्लेख गरेकाे छ।

रिपोर्टका अनुसार दुबईबाट दिल्लीको उडानका क्रममा फ्लाइट कमाण्डरले आफ्नी महिला साथीलाई इकोनोमी क्लासबाट बोलाएर ककपिटमा बसाएका थिए।

क्याबिन क्रुको एक सदस्यले फ्लाइट कमाण्डरलाई त्यसो नगर्न आग्रह गर्दा उल्टै उनलाई नै थर्काएका थिए।

क्याबिन क्रु सदस्यले पाइलटको आक्रामक व्यवहारबाट आफू छक्क परेको दाबी गरेकी छन्।

प्रतिक्रिया दिनुहोस