सातदोबाटोलाई हराउँदै चर्च ब्वाइज तेस्रो स्थानमा उक्लियो

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, २० : ३८
सातदोबाटोलाई हराउँदै चर्च ब्वाइज तेस्रो स्थानमा उक्लियो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले बिहीबार सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गरेको छ । यस सिजन अपराजित एक्लो टिमको रुपमा रहेको चर्च ब्वाइजले लगातार ६ बराबरीपछि पहिलो खेल जितेको हो ।

नवप्रवेशी चर्च ब्वाइजले सुरुवाती ३ खेल जित्दै लिगमा शानदार सुरुवात गरेको थियो । तर त्यसपछिका खेलमा भने चर्च ब्वाइजले लगातार बराबरी खेलेको थियो ।

सातदोबाटोलाई हराएपछि चर्च ब्वाइज फेरि जितको बाटोमा फर्केको छ ।

प्रतिक्रिया दिनुहोस