दाङमा गाडेको अवस्थामा एक जना महिलाको शव फेला

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, ११ : ३०
दाङमा गाडेको अवस्थामा एक जना महिलाको शव फेला

दाङ । दाङमा गाडेको अवस्थामा एक जना महिलाको शव फेला पारेको छ ।घोराही उपमहानगरपालिका-१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।मृतकका श्रीमान मेघराज केसी भने फरार छन् । उनले हत्या पछि श्रीमतीको शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।