कुशल मल्ल र भिम शार्कीको अर्थशतकमा नेपालको पहिलो जित

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १५ : ५७
कुशल मल्ल र भिम शार्कीको अर्थशतकमा नेपालको पहिलो जित

काठमाडाैं । एसीसी प्रिमियर कपमा नेपालले सुखद सुरुआत गरेको छ । नेपालमा मंगलबारबाट सुरु एसीसी प्रिमियर कपमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको हो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रनको लक्ष्य नेपाललाई दिएको थियो ।उक्त लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।

मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे। विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद अमिर १७ रनमा आउट भए । दोस्रो विकेटका लागि फैज र सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरे ।

१० राष्ट्रले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’मा आयोजक नेपालसँगै मलेसिया,साउदी अरेविया,कतार र ओमान रहेका छन् । यस्तै समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङ्गकङ्ग र युएई रहेका छन् ।

बैशाख १८ गतेसम्म किर्तिपरस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान गरि दुई स्थानमा हुने प्रतियोगितामा कुल २४ खेल हुनेछन् । प्रतियोगितामा दुवै समूहको शीर्ष दुई टोलीले सेमिफइनलमा स्थान बनाउने छन् । सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ।

प्रतिक्रिया दिनुहोस