परराष्ट्रमन्त्री साउद र राजदूत थम्पसनबीच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १५ : ४३
परराष्ट्रमन्त्री साउद र राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि अमेरिकी राजदूत  डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।  मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । 

भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ ।  राजदूत थम्पसनले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस