भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन सुरु

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १५ : ३१
भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन सुरु

काठमाडौँ। भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिए । “उहाँहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ । उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाङ्कन गर्ने तालिका तय भएको छ”, निर्माण नियन्त्रक जोशीले भने।

यही चलचित्रको छायाङ्कनका लागि अभिनेता कुमार मोटरसाइकलबाटै पूर्वी नेपालको झापा हुँदै नेपाल आएका छन् । चलचित्रमा अभिनेत्री म्याडीको अभिनय पनि रहेको छ । विशेषतः दक्षिण भारतीय कलाकार तथा प्राविधिक रहेका छन् । पछिल्लो समय नेपालमा छायाङ्कनका लागि विदेशी चलचित्र आउने क्रम बढ्दो छ । भारतीय चलचित्र उचाइ, शृङ्खला, फर्जीलगायत नेपाल आएदेखि विदेशी निर्माण समूह भित्रिने क्रम बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस