भाजपा विदेश विभाग प्रमुख चौथाइवा नेपालमा, आज उच्चस्तरीय भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, ०४ बैशाख २०८०, ०९ : ५८
भाजपा विदेश विभाग प्रमुख चौथाइवा नेपालमा, आज उच्चस्तरीय भेटवार्ता

काठमाडौं । नेपाल आएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज राजनीतिक भेटवार्ता गर्दैछन् ।

सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन सडकमार्ग हुँदै आइतबार धनगढी आएका चौथाइवाले सोमबार काठमाडौं आउने र राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाडौं आउनुअघि उनले धनगढीमा मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

काठमाडौं आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डको निकट भविष्यमा हुने भारत भ्रमणको तयारीबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति निश्चित भइसकेको छैन । तर उनी छिट्टै भारत जाने तयारीमा छन् ।

स्रोतका अनुसार भारतको रक्सौलदेखि काठमाडौंसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएलगत्तै वैशाख अन्तिम सातातिर प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने गरी तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस