काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।बैठकमा सभामुख देवराज घिमिरेले उनको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गरेकाे प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो ।
प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका तुम्बाहाम्फेको गत चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको हो । बैठकमा उनिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्न एक मिनेट मौन धारण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ बैशाख २०८०, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने
आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधिसभामा गुम्यो ओली सरकारको दुई तिहाई, राष्टिय सभामा अल्पमत
देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको छ: प्रचण्ड
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध