उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा अन्जन र उमेशलालबीच प्रतिस्पर्धा हुने

सफल खबर संवाददाता

विहीबार, ३० चैत्र २०७९, १२ : ०४
उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा अन्जन र उमेशलालबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन पुनः हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ ।अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । पहिलाे चरणकाे मतदानमा अन्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ मत पाए ।

महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । तर कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

वरिष्ठ उपाध्यक्षको लागि बिहीबार १० बजेदेखि पुन मतदान राखिएको छ।

प्रतिक्रिया दिनुहोस