भुवन केसीप्रति जङ्गिए दीपकराज, चलचित्रको कमाइको रिपोर्ट गलत दिएको आरोप

सफल खबर संवाददाता

बुधबार, २९ चैत्र २०७९, १४ : १३
भुवन केसीप्रति जङ्गिए दीपकराज, चलचित्रको कमाइको रिपोर्ट गलत दिएको आरोप

काठमाडौं । कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी आएपछि जताततै लफडा भएको बताएका छन । बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै दीपक अध्यक्ष भुवनमाथि खनिएका हुन् । दीपकले बोर्डले बक्स अफिस रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै आक्रोश पोखेका छन् । उनले लेखेका छन्, ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा।’

चलचित्र विकास बोर्डले २०७९ सालमा प्रदर्शन भएका स्वदेशी तथा विदेशी सबै चलचित्रको कमाई सार्वजनिक गरेपछि चलचित्र क्षेत्र तरङ्गीत बनेको हो । आफ्नो चलचित्रले करोडौं कमाएको झ्याली पिट्ने निर्मातालाई बोर्डको बक्स अफिस सिस्टममा देखिएको डाटाले गलत देखाएको छ ।

बोर्डले २०७९ को स्वदेशी र विदेशी गरेर १ सय ३२ चलचित्रको सूचि मङ्गलवार सार्वजनिक गरेको थियो । तीन हप्तामा नै चलचित्रले १८ करोड ग्रस कमाएको दावी ‘छक्का पञ्जा ४’ वितरकले गरेका थिए । तर, बोर्डको सिस्टममा चलतित्रको कमाई १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ रुपैयाँ छ ।

बोर्डले सार्वजनीक गरेको सोही रिपोर्ट गलत भएको दीपकराज गिरीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस