मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेरो मात्र पहिचान भन्दै अघि बढ्दै अरूको कुरालाई स्वीकार गर्न नसक्दा अपांग भएर कोही पनि अघि बढ्न नसक्ने बताएका छन्।
मंगलबार विराटनगरमा आयोजित एक निजी कलेजको कार्यक्रममा मुख्यमन्त्री कार्कीले समाजलाई अपांग हुनबाट जोगाउन कानुनका विद्यार्थीहरू सामाजिक इन्जिनियर हुनपर्ने बताए।
‘मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र मेरो मात्र पहिचान। सबै मेरो कुरा हो भन्दै र अरूको कुरालाई स्वीकार गर्दिनँ भन्न थाल्यौँ भने हामी अपांग भएर अगाडि बढ्न नसक्ने हुन्छौँ। कानुनका विद्यार्थीहरूले यो कुरा समाजलाई राम्रोसँग बुझाउनु पर्ने अवस्था छ’, उनले भने। कानुनका विद्यार्थीहरूले नै समाजलाई अपांग हुनबाट जोगाउने मुख्यमन्त्री कार्कीको भनाइ छ।
उनले आफू कानुनको राम्रो विद्यार्थी, राम्रो कानुन व्यवसायी र कानुन विषयको राम्रो शिक्षक भएर निस्कने चाहना राखेर पनि धेरै समय विद्यार्थी राजनीतिमा खर्चिनु परेका कारण तीनवटै कुरा पुरा गर्न नसकेको स्मरणसमेत गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
जनविरोधी हर्कत नगर्न कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी
महिलाको सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थान हुनुपर्छ : मुख्यमन्त्री कार्की
हिउँदे अधिवेशनमा पर्याप्त विधेयक आउँछ : मुख्यमन्त्री कार्की
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना