काठमाडौंमा आईटी शैक्षिक मेला सुरु

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०७५, १७ : ४०
काठमाडौंमा आईटी शैक्षिक मेला सुरु

काठमाडौं । बुधबारबाट काठमाडौंमा चौंथो व्यवस्थापन तथा आईटी शैक्षिक मेला सुरु भएको छ । नेपालमा आईटीतर्फ गुणस्तरीय उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने विश्वास अन्तराष्ट्रिय समुदायलाई पनि दिलाउने उद्देश्यका साथ आयोजना गरिएको मेलाको उद्घाटन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नु भएको हो ।
काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना गरिएको मेलामा ५६ वटा स्टल रहेका छन । करिव ३८ वटा कलेजहरु सहभागी रहेको मेला आईटीमा उच्च शिक्षा हासिल गर्न चाहनेहरुका लागि अति उपयोगी हुने विश्वास लिइएको मेला आयोजक संस्था पाठशाला एजुकेशन फाउन्डेशनका निर्देशक सुवाष दंगालले बताउनु भयो । आईटीको क्षेत्रको स्कोप बढदै गएकाले पनि मेला आयोजना गर्ने कामलाई निरन्तरता दिइएको पनि उहाँले बताउनु भयो । २ दिनसम्म चल्ने मेलामा करिव ५ हजार ५ सय विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलाले मुलुकलाई प्रविधि मैत्री बनाउन पनि सघाउ पु¥याउने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस