दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान

सफल खबर संवाददाता

बुधबार, २२ चैत्र २०७९, ११ : ५१
दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान

काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वसको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन । बुधबार उनि त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन । शारीरिक अशक्त रहनुभएका उनका दुवै खुट्टा छैनन् । उनि कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन ।

कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुन । सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानु भन्दाअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले ५ वर्षको पखाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुशी लागेको बताए।

बुढामगरले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरुलाई खुशी दिने विश्वास व्यक्त गरे। उनले शारीरिक अशक्त भएका व्यक्तिहरु कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरुमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए । उनले आफ्नो लागि सगरमाथा आरोहणको समय २ महिनाको हुने बताए ।

सन् २०१० मा अफगानिस्तानको लडाईंमा बुढामगरले दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन ।

यसअघि पनि उनि सगरमाथाको आधारशिविरसम्म पुगिसकेका छन।

प्रतिक्रिया दिनुहोस