पर्सा । ठोरी गाउँपालिकालगायत आसपासको क्षेत्रमा आतङ्क मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ।चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिइएको हो । ठोरीस्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनका अनुसार पछिल्लो केही दिनदेखि सो बाघले किसानका बाख्रालगायत घरपालुवा जनावर मारेर खान थाले पछि स्थानीयको अनुरोधमा सो बाघलाई नियन्त्रणमा लिइएको हो ।
बाघका कारण स्थानीयको ज्यान नै जोखिम पर्ने सम्भावना बढे पछि स्थानीयले निकुञ्जलाई बाघ नियन्त्रणमा लिन अनुरोध गरेका थिए । सो बाघलाई नियन्त्रणमा लिनु अघि ठोरी आसपासका क्षेत्र तथा बाघ हिँड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टरसहितको टोली परिचालन गरेर रेक्की गरिएको थियो । पाँच दिनको अनवरत प्रयास पछि सो बाघलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली सफल भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ चैत्र २०७९, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा बाघको गणना हुँदै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
बाघको आक्रमणबाट वृद्धको मृत्यु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण