काठमाडौं । पोखरामा पर्यटन व्यवसाय संकटमा परेको छ । ३ वर्षअघि विश्वव्यापी कोरोना महामारीले धराशायी बनाएको पोखराको पर्यटन व्यवसाय अझै फस्टाउन नसकेको पर्यटन व्यवसायीले बताएका हुन् । लगत्तै डेंगु महामारी र त्यसपछि विमान दुर्घटना आदिका कारण पर्यटनले लय लिन नसकेको र बैंक तथा वित्तीय संस्थाको ताकेताले व्यवसायीलाई मनोरोगी बनाएको उनीहरुले बताएका छन् ।
केही विदेशी पाहुनाले मात्र खर्बौंको लगानी भएको पोखराको पर्यटन व्यवसाय धान्न सक्ने अवस्थामा नभएको र सरकारको पर्यटन केन्द्रित कार्यक्रम तथा व्यवसायीमैत्री राहत प्याकेजको आवश्यकता रहेको व्यवसायीको भनाइ छ । पर्यटन क्षेत्रलाई सरकारले पर्यटन उद्योगको मान्यता नदिनु, बैंक तथा वित्तीय संस्थाको दवाव र यस क्षेत्रका व्यवसायीको समस्याप्रति सरकारको उदासिनताले दु:खी बनाएको उनीहरुले बताएका छन् ।
गण्डकी प्रदेश सरकारले ल्याएको व्यवसायी जीवनरक्षा कर्जा र नेपाल सरकार ल्याएका सहुलियतका कर्जालाई निरन्तरता दिई प्रदेश सरकार र स्थानीय सरकारलाई तिर्नुपर्ने दायित्वको अतिरिक्त शुल्क मिनाहा गरी अर्को आर्थिक वर्षको असोज मसान्तसम्म तिर्ने भाका बढाइदिन उनीहरुको आग्रह छ ।
बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने कर्जाको निश्चित प्रतिशत ऋण सहुलियत ब्याजदरमा कृषिमा जस्तै पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्थित गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । साथै पर्यटन व्यवसायको आधार हवाइ सेवा भएकाले यथाशीघ्र अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ चैत्र २०७९, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड
फुटपाथमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह
जेनजीको पोखरामा पनि प्रदर्शन
बेमौसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध