दाङ । लुम्बिनीमा जारी प्रदेश सभा बैठकमा मुख्यमन्त्री लिला गिरी अनुउपस्थित भएका छन् । सोमबारदेखि सुरु भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गिरी दुई दिन नै अनुउपस्थित भएका हुन् ।सरकार अल्पमतमा परेको अवस्थामा प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरी उपस्थित नै भएनन् ।
यता, सत्तारुढल दलका प्रदेश सभाका सदस्यहरुले भने बैठकमा मुख्मन्त्री गिरीको सरकार अल्पमत परेकाले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाएका छन् । सोमबार कांग्रेससहित नागरिक उन्मुक्ती पार्टी, जसपा, लोसपाका प्रदेश सभा सदस्यले अल्पमतमा परेको सरकारले संवैधानिक व्यस्था र नैतिकताका आधारमा बाटो खुला गर्नुपर्ने दबाब दिएका थिए ।
मंगलबार पनि जारी प्रदेश सभा बैठकमा छिटोभन्दा छिटो मार्ग प्रशस्त गरेर निकास दिनुपर्ने बताए । कांग्रेसका प्रदेश सभा राजु खनालले सरकारले बहुमत गुमाएको अवस्थामा सम्मानजनक रुपमा सरकारबाट बहिर्गमन हुन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ