दाङ । लुम्बिनीमा जारी प्रदेश सभा बैठकमा मुख्यमन्त्री लिला गिरी अनुउपस्थित भएका छन् । सोमबारदेखि सुरु भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गिरी दुई दिन नै अनुउपस्थित भएका हुन् ।सरकार अल्पमतमा परेको अवस्थामा प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरी उपस्थित नै भएनन् ।
यता, सत्तारुढल दलका प्रदेश सभाका सदस्यहरुले भने बैठकमा मुख्मन्त्री गिरीको सरकार अल्पमत परेकाले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाएका छन् । सोमबार कांग्रेससहित नागरिक उन्मुक्ती पार्टी, जसपा, लोसपाका प्रदेश सभा सदस्यले अल्पमतमा परेको सरकारले संवैधानिक व्यस्था र नैतिकताका आधारमा बाटो खुला गर्नुपर्ने दबाब दिएका थिए ।
मंगलबार पनि जारी प्रदेश सभा बैठकमा छिटोभन्दा छिटो मार्ग प्रशस्त गरेर निकास दिनुपर्ने बताए । कांग्रेसका प्रदेश सभा राजु खनालले सरकारले बहुमत गुमाएको अवस्थामा सम्मानजनक रुपमा सरकारबाट बहिर्गमन हुन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने