काठमाडौँ।संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य र १० निर्वाचित सदस्य गरेर भेला हुने १५ सदस्य सुरक्षा परिषद्को सभापति रुस भएको छ।हरेक महिना फरक फरक देश सभापति हुने प्रावधान अनुसार अप्रिल महिनाको सभापति रुस भएको छ। रुस सभापति भएसँगै युक्रेनले आपत्ति जनाएको छ।अलजजिराका अनुसार युक्रेनी राष्ट्रपति सुरक्षा प्रमुख एन्द्रीए येर्माकले ‘सांकेतिक प्रहार’ भन्दै रुसको सभापतित्वको आलोचना गरेका छन् ।
यस्तै, युक्रेनी परराष्ट्र मन्त्री दिमेत्रो कुलेबाले रुस सभापति हुनु ‘अन्तर्राष्ट्रिय समुदायको मुहारमा झापड भएको प्रतिक्रिया दिएका छन् । सन २०२२ फेब्रुअरीमा पनि रुस सभापति भएको थियो। त्यो समयबाटै युक्रेन हमला सुरु भएको थियो।सुरक्षा परिषद्मा रुस, चीन, अमेरिका, बेलायत र फ्रान्स स्थायी सदस्य हुन् । १० निर्वाचित सदस्यहरूमा अल्बानिया, ब्राजिल, एक्वेडर, गाबोन, घाना,जापान, माल्टा, मोजाम्बिक, स्विजरल्यान्ड र संयुक्त अरब इमिरेट्स रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ चैत्र २०७९, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
लेखा समितिको सभापति कांग्रेसलाई
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
रास्वपा मकवानपुरका सभापति पराजुलीद्वारा पार्टी परित्याग
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी