चैत सकिन लाग्दा उपत्यकाका डाँडामा किन पर्यो हिउँ ?

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, ०८ : ४३
चैत सकिन लाग्दा उपत्यकाका डाँडामा किन पर्यो हिउँ ?

काठमाडौ । यो   वर्ष   सकिन   लाग्दा   शनिबार   काठमाडौँ  उपत्यकाआसपासका  डाँडामा  हिउँ  प¥यो  ।

  यस  वर्षको  हिउँदमा  हिमाली  क्षेत्रमा  समेत हिउँ नपर्दा जनजीविकामा समस्या परेको थियो  ।  यसपालिको  हिउँदमा  हिउँ  मात्र  नपरेको  होइन, असोजपछि पानी पनि परेको थिएन । 

फागुनको मध्येदेखि मात्र हल्कादेखि मध्यम वर्षा गराउने प्रणाली सक्रिय भएको हो । त्यसपछि विभिन्न भेगमा हिउँ पनि पर्न थालेको छ । हिउँदमा नपरेको हिउँ चैतमा पर्नु मौसमजन्य वातावरण   असन्तुलन   भएको   मौसमसविद्   बताउँछन् ।

जलवायु विश्लेषक तथा मौसमविद् प्रतिभा  मानन्धरले  तीन  वर्षअघि  पनि  फागुनमा  वर्षा  र  हिमपात  भएको  स्मरण  गरिन् ।

“त्यसबेला हिमाली भेगमा बाक्लो हिमपातका साथै काठमाडौँ उपत्यकाआसपासका डाँडामा धेरै वर्षको अन्तरालमा हिउँ परेको थियो,” उनले भनिन्, “अब यसपालि चैतमा वर्षासँगै हिमपात भइरहेको छ ।
 यो वर्षाजन्य मौसमी असन्तुलनका कारण भएको हो ।”

प्रतिक्रिया दिनुहोस