काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ को उम्मेदवार बनाउन मधेस प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको छ । मधेस प्रदेश समितिको बैठकले प्रदेश २ को उम्मेदवारका लागि सिफारिस गरेको बताइएको छ ।
‘जिल्लाबाट अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस भएर आएको थियो, त्यसलाई अनुमोदन गरेर केन्द्रलाई हिजै पठाइसकेका छौँ’ जसपा मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले भने ।यो विषयलाई केन्द्रले निर्णय गरेर टुङ्गो लगाउने उनले बताए । बारा–२ का लागि उम्मेदवार टुगों लगाउने भोलि केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बारा २ मा प्रतिनिधिसभा सदस्य जितेका राम सहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।
अध्यक्ष यादव त्यहाँबाट चुनाव लड्ने भनिए पनि हालसम्म पार्टीले आधिकारिक निर्णय गरेको छैन । निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी दर्ताको समय सीमा तोकेको छ । सो क्षेत्रमा लोसपाले वरिष्ठ नेता राजेन्द्र महतो, जनमत पार्टीले शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)
मोरङमा भोलिदेखि अनलाइनमार्फत नागरिकताको सिफारिस
राजदूतको सिफारिसमा परेकाहरूसँग संसदीय सुनुवाइ सुरु