चितवन–२ उपनिर्वाचनमा कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेदवार

सफल खबर संवाददाता

विहीबार, १६ चैत्र २०७९, ११ : ४०
चितवन–२ उपनिर्वाचनमा कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् ।

चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ । यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस