गठबन्धनको बैठक निष्कर्षविहीन, बुधबार बिहान फेरि बस्ने

सफल खबर संवाददाता

मंगलबार, १४ चैत्र २०७९, १९ : ०४
गठबन्धनको बैठक निष्कर्षविहीन, बुधबार बिहान फेरि बस्ने

काठमाडौँ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठक निष्कर्षविहीन सकिएको छ । मन्त्रालय भागबन्डा लगाउन बसेको बैठकले सहमति जुटाउन नसकेसँगै बुधबार बिहान पुनः ९ बजे बस्ने भएको छ । बुधबारको बैठकले भने मन्त्रालय भागबन्डा लगाउने भनिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी रहेका थिए ।

यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस