काठमाडौं । संघमा नयाँ राजनीतिक समीकरण बनेसंगै लुम्बिनी प्रदेशमा पनि प्रदेशको सत्ता समीकरण बदलिने देखिएको छ । सत्ता साझेदार चार दल नेकपा माओवादी केन्द्र,नागरिक उन्मुक्ति पार्टी, जसपा र लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । चार दलले अनौपचारिक रूपमा छलफल समेत गरिरहेका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणका लागि दलहरु केन्द्रको पर्खाइमा छन् । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले नयाँ राजनीतिक समीकरणसहितको सरकार निर्माणका लागि केन्द्रको निर्णय पर्खिएको जानकारी दिए ।
पार्टीको केन्द्रीय निर्णय बमोजिम समर्थन फिर्ता लिने र नयाँ सत्ता समीकरण कसरी अघि बढाउने भन्ने विषय पार्टीभित्र प्रवेश गरेको उनको भनाई छ । नेपाली कांग्रेसले पनि एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताका लागि चार दलहरूको छलफल भइरहेको जनाएको छ ।
कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले चार दलले समर्थन फिर्ता लिने र नयाँ सरकारको गठनको विषय प्रवेश पाउने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ