काठमाडौं । संघमा नयाँ राजनीतिक समीकरण बनेसंगै लुम्बिनी प्रदेशमा पनि प्रदेशको सत्ता समीकरण बदलिने देखिएको छ । सत्ता साझेदार चार दल नेकपा माओवादी केन्द्र,नागरिक उन्मुक्ति पार्टी, जसपा र लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । चार दलले अनौपचारिक रूपमा छलफल समेत गरिरहेका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणका लागि दलहरु केन्द्रको पर्खाइमा छन् । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले नयाँ राजनीतिक समीकरणसहितको सरकार निर्माणका लागि केन्द्रको निर्णय पर्खिएको जानकारी दिए ।
पार्टीको केन्द्रीय निर्णय बमोजिम समर्थन फिर्ता लिने र नयाँ सत्ता समीकरण कसरी अघि बढाउने भन्ने विषय पार्टीभित्र प्रवेश गरेको उनको भनाई छ । नेपाली कांग्रेसले पनि एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताका लागि चार दलहरूको छलफल भइरहेको जनाएको छ ।
कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले चार दलले समर्थन फिर्ता लिने र नयाँ सरकारको गठनको विषय प्रवेश पाउने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने