काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकला अंकित २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्रकलाका कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्तरुपमा उक्त क्यालेन्डर सार्वजनिक गरेका हुन् । क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्परालाई समावेश गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेन्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने विश्वास व्यक्त गरे । मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा बैंकको स्थापनाकालदेखि नै सक्रिय रहेको उनको भनाइ छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले नेपालको मौलिक मण्डला चित्रहरुलाई मुलुकभर क्यालेन्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको बताए । कार्यक्रममा बैंकका अध्यक्ष ढकालले कलाकारद्वय शाक्य र लामालाई सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आईएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
ग्लोबल आईएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा ३५ जनालाई छात्रवृत्ति प्रदान
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकको लाभांश घोषणा