काठमाडौं । नेपाली कांग्रेसले दुई दिन समय मागेपछि बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ ।
बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो । तर सत्ता गठबन्धन र प्रदेशसभाकै ठूलो दल कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन् । कांग्रेस प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले भनिन्, ‘संसदीय दलको बैठक चलिरहेको छ । दलमा छलफल नभएकाले दुई दिनको समय मागेका छौं ।’
कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रोकिएको छ । माओवादी संसदीय दलका नेता जमकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो, एमाले भने सरकारमै छ । तर सत्ता गठबन्धन हेरफेर भएकाले कांग्रेसलाई समेटेर सरकार गठन गर्ने मुख्यमन्त्री जमकट्टेलको तयारी छ । प्रदेशसभाको बैठक चैत १० गते बस्ने गरी सारिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा