काठमाडौं । नेपाली कांग्रेसले दुई दिन समय मागेपछि बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ ।
बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो । तर सत्ता गठबन्धन र प्रदेशसभाकै ठूलो दल कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन् । कांग्रेस प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले भनिन्, ‘संसदीय दलको बैठक चलिरहेको छ । दलमा छलफल नभएकाले दुई दिनको समय मागेका छौं ।’
कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रोकिएको छ । माओवादी संसदीय दलका नेता जमकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो, एमाले भने सरकारमै छ । तर सत्ता गठबन्धन हेरफेर भएकाले कांग्रेसलाई समेटेर सरकार गठन गर्ने मुख्यमन्त्री जमकट्टेलको तयारी छ । प्रदेशसभाको बैठक चैत १० गते बस्ने गरी सारिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने