काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन मंगलबार भारत प्रस्थान गरेकी छन्।
मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ ९आइटियु०को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ। नयाँ दिल्लीमा स्थापना भएको आइटियुको एसिया प्रशान्त क्षेत्रीय कार्यालयको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने बताइएको छ।
सो कार्यक्रममा विभिन्न देशका सञ्चारमन्त्री सहभागी हुने सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्री सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुने छिन्। बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ।
मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन्। नेपाली प्रतिनिधिमण्डलमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकमका प्रबन्धक विमल आचार्य सहभागी छन्।
मन्त्री शर्मा शुक्रबार दिउँसो स्वदेश फर्कने उनका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल भन्छन् : नयाँ दिन, नयाँ सुरुवात! गन्तव्य तय हुँदै छ
सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
एनआरएनएलाई पार्टीको नबनाइदिनुहोला : सञ्चारमन्त्री खरेल