संवैधानिक आयोगकाे कामप्रति अध्यक्ष तिमिल्सिनाको असन्तुष्टि

सफल खबर संवाददाता

मंगलबार, ०७ चैत्र २०७९, १६ : ३९
संवैधानिक आयोगकाे कामप्रति अध्यक्ष तिमिल्सिनाको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगका काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन । मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो असन्तुष्टि जनाए। अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगलाई जागिर खाने थलोको रुपमा विकास गर्न नहुने धारणा राखे ।

उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पारे। आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगलाई उनले आग्रह गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकका हक, अधिकारको संरक्षण र सम्वर्धन गर्न आयोग प्रतिवद्ध रहेको बताए। मानव अधिकारको संरक्षणका लागि सबै संवैधानिक आयोगसँग मिलेर काम भइरहेको समेत उनले स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस