कपिलवस्तुको सिद्धार्थ क्याम्पसको अध्यक्षमा नेवि संघका थारु विजयी

सफल खबर संवाददाता

सोमबार, ०६ चैत्र २०७९, ०८ : ५२
कपिलवस्तुको सिद्धार्थ क्याम्पसको अध्यक्षमा नेवि संघका थारु विजयी

बुटवल । कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङ्चीमा अध्यक्षमा  नेवि संघका निल कुमार थारु विजयी भएका छन्। उनले अनेरास्वविका  उम्मेदवार अंजित खनाललाई पराजित  गर्दै विजयी भएका हुन् । 

निर्वाचन समितिका प्रमुख गोविन्द खनालका अनुसार थारुले ३ सय ७२ मत पाएका छन् ।  खनालले ३ सय ४२ मत ल्याएका छन् । खनाललाई अखिल छैठौं र अखिल क्रान्तिकारी ९बहुमत०को समर्थन थियो । थारू नेविसंघ वाट एक्लै मैदानमा गएका  थिए ।

सचिवमा  अनेरास्ववियुका उम्मेदवार पशुपति गिरी विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघका मनोज न्यौपाने विजयी भएका छन् ।  सदस्य तर्फ अनेरास्ववियुका हरि प्रसाद थारु, अर्चना आचार्य, सवित्रा पाण्डे, विपना गिरी निर्वाचित भएका छन् ।नेविसंघबाट सुदन पोख्रेल निर्वाचित भएका छन् ।

यो क्याम्पसमा ०५२ साल यताको एमाले निकट अनेरास्ववियुको किल्ला तोड्दै सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस