नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरलाई खेल सामग्री

शनिबार, ३० असार २०७५, २० : ५२
नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरलाई खेल सामग्री

चितवन । नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरलाई वृज सिमेन्टको प्रायोजनमा शनिबार खेल सामग्री हस्तान्तरण गरिएको छ । पुष्पतारा केडिया सेवा संस्थाको आयोजनामा भएको एक समारोहबीच खेल सामग्री भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयलाई हस्तान्तरण गर्नुभयो । महानगर प्रमुख दाहालले विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलकुद अति महत्वपूर्ण पक्ष भएको बताउनु भयो । 
खेलको माध्यमबाट विद्यार्थीहरुमा मानसिक, शारीरिक, बौद्धिक विकास तीब्र गतिमा हुने र खेल सामग्रीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अतिरिक्त कृयाकलापमा सहयोगी हुने बताउनु भयो । कार्यक्रमको विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारी रहनु भएको थियो ।
विद्यालयका प्राध्यापक पूर्णप्रसाद दवाडीले बालबालिकाको अतिरिक्त कृयाकलापमा हातेमालो गरेकोमा खुशी ब्यक्त गर्नुभयो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको सिनियर ब्राण्ड मेनेजर अमित श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस