काठमाडौं । काठमाडौं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले मूलपानी क्रिकेट रंगशाला निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेकी छन् ।
शनिबार बालुवाटारमा भएको भेटमा गौतमले क्रिकेटमा सफलता प्राप्त भएका बेला सरकारले पनि अर्को क्रिकेट मैदानलाई छिटो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न योग्य बनाउनुपर्ने बताएकी हुन् ।‘देश क्रिकेटमय भएका बेला कम्तीमा एउटा क्रिकेट स्टेडियम तयार हुने चरणमा छ । त्यसलाई पूरा गर्नुपर्छ भनेर भेटेको हुँ’ उनले अनलाइनखबरसँग भनिन्, ‘पहिले मुआब्जाको समस्या थियो, बस्तीको समस्या थियो, अहिले सबै समाधान भएको छ, कन्स्ट्रक्सन (पूर्वाधार निर्माण) मात्र बाँकी छ ।’
प्रधानमन्त्री प्रचण्ड पनि मूलपानी क्रिकेट मैदान निर्माणलाई तिब्रता दिनेमा सकारात्मक रहेको उनले बताइन् । करिब ४५ मिनेट भएको कुराकानीमा आफूले निर्वाचन क्षेत्रका अन्य समस्याबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएको गौतमले बताइन् । ‘प्रधनमन्त्रीलाई मेरो क्षेत्रमा घुमाउँछु, समय मिलाउनुप¥यो भनेको छु, उहाँले स्वकीय सचिवको नम्बर दिएर पठाउनुभएको छ’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ चैत्र २०७९, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक
रास्वपालाई भुटानका प्रधानमन्त्रीको बधाई: दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ
निर्वाचन सफल भएकोमा बङ्गलादेशका प्रधानमन्त्री रहमानले दिए नेपाललाई बधाई
प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल