आइएमई पे र नेपाल रेमिटबीच सम्झौता

सफल खबर संवाददाता

मंगलबार, ३० फागुन २०७९, १६ : ४९
आइएमई पे र नेपाल रेमिटबीच सम्झौता

काठमाडौँ । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्ने छन्।

विदेशमा रहेका ब्यक्तिले आफुलाई सहज पर्ने नेपाल रेमिटको साझेदार मार्फत नेपालमा रहेको मित्रजन तथा परिवारलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्नेछन ।