भारतीय गायक हनी सिंह काठमाडौँ आउँदै

सफल खबर संवाददाता

मंगलबार, ३० फागुन २०७९, १४ : ३५
भारतीय गायक हनी सिंह काठमाडौँ आउँदै

काठमाडाैं। भारतीय चर्चित तथा हिपहप गायक  हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् ।सिंह चैत २५ गते ९ अप्रिल ८० काठमाडौँको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुनेछन् ।युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सिंहले सहभागिता जनाउने आयोजकले जनाएका छन् ।ह्यातमा हुने उनको कार्यक्रमको टिकटको सबै  मूल्य सम्बन्धी जानकारी ई-सेवामा राखिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए ।

‘साधारण टिकटको १ हजारदेखि माथि र भीआईपी टिकटको २ हजार रुपैयाँ भन्दा बढी हुन सक्नेछ । अहिले सम्पूर्ण टिकटको मूल्य निश्चित भइसकेको छैन,’ उनले भने,’ प्रि बुकिङका लागि सम्पूर्ण टिकट ईसेवाबाट प्राप्त गर्न सकिन्छ ।'सिंहका चर्चित गीत 'ब्लु आइज', 'धिरे धिरे' र 'चार बोतल भोड्का' लगायतका गीतहरू चर्चित छन् ।उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुति दिने श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस