चितवन–२ मा शर्मालाई उम्मेदवार बनाउने जनमोर्चाको निर्णय

सफल खबर संवाददाता

मंगलबार, ३० फागुन २०७९, ०८ : ०३
चितवन–२ मा शर्मालाई उम्मेदवार बनाउने जनमोर्चाको निर्णय

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई चितवन २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमोर्चाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस