सहिद स्मारक ए डिभिजन : दोस्रो जितसँगै खुमलटार चौथोमा

सफल खबर संवाददाता

सोमबार, २९ फागुन २०७९, २० : २६
सहिद स्मारक ए डिभिजन : दोस्रो जितसँगै खुमलटार चौथोमा

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा खुमलटारले हिमालयन शेर्पालाई पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ । च्यासल मैदानमा सोमवार भएको खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ ले हराएको हो । च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि मनीष थापा र स्टेफन समीरले एकएक गोल गरे । मनीषले २२ औं मिनेटमा गोल गरेपछि समीरले ६५ औं मिनेटमा अर्को गोल थप्दै खुमलटारको जित निश्चित गरेका हुन् ।

यस्तै हिमालयनका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए । यो गोल ८० औं मिनेटमा सम्भव भएको थियो । यो जितपछि माथिल्लो डिभिजनमा डेब्यु गरिरहेको खुलमटारको चार खेलबाट छ अंक भएको छ र चौथो स्थानमा उक्लिन सफल रह्यो ।

हिमालयन शेर्पा भने चार अंकमै सीमित रह्यो र दसौं स्थानमा झरेको छ । लिगमा मंगलवार तीन खेल हुनेछन् । एन्फा कप्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च व्वाईज, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लवबीच दशरथ रंगशालामा पहिलो तथा अन्तिम खेल दरशथ रंगशालामै मच्छिन्द्र र नेपाल पुलिस क्लवबीच हुनेछ । 

प्रतिक्रिया दिनुहोस