नेपालमा चिनियाँ लगानी भित्र्याउन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

सफल खबर संवाददाता

सोमबार, २९ फागुन २०७९, १६ : ४७
नेपालमा चिनियाँ लगानी भित्र्याउन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल  ट्रेड’ (सीसीपीआईटी) का उपाध्यक्ष झाङ शाओगाङबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको थियो। त्यसक्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै र भ्रमण सफलताको शुभकामना दिँदै उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो ठुलो अन्तर्राष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकोले चिनियाँ लगानीको सँधै स्वागत गरिने बताए।

भेटमा केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले औँल्याएका थिए । चीन नेपालको दोस्रो ब्यापारिक साझेदार मुलुक रहेको र चीन नेपाल व्यापार घाटा धेरै भएकाले त्यसलाई घटाउन आपसी समझदारीका आधारमा अघि बढ्नु पर्ने जिकिर गरेका थिए श्रेष्ठले नेपालको एक चीन नीतिप्रतिको दृढता श्रेष्ठले दोहोर्‍याउँदै  तेस्रो कार्यकालका लागि निर्वाचित चिनियाँ राष्ट्रपति सी जिनपिङ र नवनिर्वाचित प्रधानमन्त्री ली छ्याङलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे। 

त्यसक्रममा उपाध्यक्ष झाङले झण्डै चार वर्ष लामो कोभिड सङ्क्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परे पनि चीन अब कोभिडबाट खुल्ला भएकोले सहजता भएको बताए । कोभिडका कारण चीन र नेपालको बीच भ्रमण आदानप्रदान  हुन नपाएको र त्यसबाट व्यापारमा समेत असर परेको बताए। नेपाल आफुसहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको उनले बताए। 

झाङले नेपालले ठुलो प्रविधियुक्त उद्योग निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताए। उपमन्त्री तहका चिनियाँ अधिकारी झाङसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस