काठमाडौं । नेकपा एमालेले संसदीय दलको उपनेतामा उपाध्यक्ष सुवाचन्द्र नेम्वाङलाई मनोनित गरेको छ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता चयन गरेका हुन् ।
‘उपरोक्त सम्बन्धमा, तपाईँलाई नेकपा एमाले संघीय संसदीय दलको उपनेतामा मनोनयन गरेको छु । तदनुरुप यस पदको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’, ओलीद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ फागुन २०७९, १५ : २०
लेखकबाट थप